नियम ६
बर्ड फ्लू नियन्त्रण समितिको काम, कर्तव्य र अधिकार
बर्ड फ्लू नियन्त्रण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) बर्ड फ्लूको रोकथाम, नियन्त्रण तथा राहत सम्बन्धी आवश्यक कार्य गर्ने,
(ख) बर्ड फ्लू नियन्त्रण सम्बन्धी जिल्लास्तरको कार्ययोजना तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, गराउने,
(ग) बर्ड फ्लू नियन्त्रणको लागि आवश्यक जनशक्ति तथा स्रोत साधन परिचालन गर्ने,
(घ) बर्ड फ्लू नियन्त्रणका लागि जिल्लाका सम्बन्धित निकाय तथा सरोकारवांलहरूसँग आवश्यक समन्वय र सहजीकरण गर्ने,
(ङ) बर्ड फ्लूको रोकथाम तथा नियन्त्रणका लागि सूचना तथा सञ्चार व्यवस्थापन गर्ने,
(च) बर्ड फ्लू नियन्त्रणको क्रममा आवश्यक सुरक्षा प्रबन्ध गर्ने,
(छ) बर्ड फ्लूको- रोकथाम तथा नियन्त्रणको लागि सम्भावित जोखिमयुक्त क्षेत्रबाट वा त्यस्तो क्षेत्र भएर कुनै पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री तथा सोसँग सम्बन्धित अन्य कुरामा ऐनको दफा १५ बमोजिम प्रतिबन्ध लगाउन वा ऐनको दफा २८ बमोजिम हटाउने वा नष्ट गर्ने सम्बन्धमा सम्बन्धित अधिकारी वा निकायलाई परिचालन र समन्वय गर्ने।